अष्ट्रेलियामा सुरु भयो पुरुषको शुक्रकिट रोक्ने गर्भनिरोधकको पहिलो परीक्षण
मेलबर्नको एक अस्पतालमा पुरुषको शुक्रकीट रोक्ने हाइड्रोजेलको विश्वकै पहिलो परीक्षण सुरु भएको छ । यो गर्भनिरोध विधि सफल भयो भने युगान्तकारी फड्को हुने अनुसन्धानकर्ताले बताएका छन् । अध्ययनमा २५ जना पुरुषहरूले भाग लिएका छन् । आगामी दिनमा सहभागीको ‘भास डेफरेन्स’मा (शुक्रकीटलाई अण्डकोषबाट लिंगसम्म बोक्ने नली) हाइड्रोजेल सुई दिइनेछ ।
हाइड्रोजेलको प्रभाव लगभग दुई वर्षसम्म रहने र प्रभाव सकिएपछि पनि यसलाई पुनः इंजेक्सनमार्फत दिन सकिनेछ । यदि यो परीक्षण सफल भयो भने त्यसले स्थायी बन्ध्याकरण भ्यासेक्टोमीको विकल्प दिने वैज्ञानिकहरूले बताएका छन् ।
मेलबर्नस्थित एपवर्थ फ्रिमेसन्सका अनुसन्धानकर्ताहरूले अहिलेसम्म चार जना पुरुषहरूमा हाईड्रोजेल दिइसकेको बताएका छन् । परीक्षणमा सहभागीहरूलाई तीन वर्षसम्म पछ्याइनेछ र यस अवधिमा सहभागीले तिनको नियमित स्वास्थ्य परीक्षणहरू गर्ने अनुमति दिएका छन् ।
अनुसन्धानका प्रमुख तथा एपवर्थ फ्रिमेसन युरोलोजिस्ट नेथन लरेन्ट्सचुकका अनुसार अध्ययनले हाइड्रोजेल पुरुष गर्भनिरोधकको लागि अस्थायी विकल्प हुने कुराको निर्क्यौल गर्नेछ । ‘यदि यो परीक्षण सफल भयो भने, यो एक युगान्तकारी आविष्कार हुनसक्छ, यसले गर्भनिरोधलाई महिलाको मात्र बोझको रुपमा नभई दम्पतीको साझा जिम्मेवारी अन्तर्गत ल्याउनेछ,’ प्रो लरेन्ट्सचुकले भने ।
हाल विश्वमा पुरुष गर्भनिरोधक सिमित विकल्प मात्र उपलब्ध छन् । पुरुषले प्रयोग गर्न सक्ने अस्थायी गर्भनिरोधको एकमात्र विकल्प कन्डम छ भने बाँकी स्थायी विकल्प छन्, जसमा भ्यासेक्टोमी धेरै प्रयोगमा छ । महिलाहरूका लागि भने गर्भनिरोधको लागि चक्की र अन्य अस्थायी उपायहरु उपलब्ध छन् । त्यसबाहेक महिलाहरूका लागि महिनौंसम्म काम गर्ने आईयुडी( इन्ट्रायूटरिन उपकरण), तीन महिने हार्मोनल सुई, पाखुरामा राख्न सकिने रडजस्ता विभिन्न विकल्प पनि उपलब्ध छन् । –द गार्जियनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण