आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् घनश्याम भुसालका सडक योजना

शनिबार, २६ कात्तिक २०७९, ११ : ०९
शनिबार, २६ कात्तिक २०७९

–भुवन कार्की
रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले यस क्षेत्रको विकासका लागि उत्तरको पाल्पा सीमादेखि दक्षिणको भारतीय सीमासम्म स्तरीय सडक बनाउने योजना अघि सारेका छन् ।  पूर्व–पश्चिम र उत्तर–दक्षिणलाई जोड्न स्तरीय सडक पूर्वाधार निर्माण गर्ने योजना बनाएको उनले बताए । रूपन्देही १ मा पूर्वी नवलपरासी सीमादेखि पश्चिम तिलोत्तमा नगरपालिकासम्म र उत्तर पाल्पा सीमादेखि दक्षिण भारतीय सीमासम्म पर्छ । 

‘मेरो क्षेत्रका विभिन्न स्थानसँगै पूर्वदेखि पश्चिम जोड्ने गरी चारवटा स्तरीय सडक र उत्तरदेखि दक्षिण जोड्ने गरी दुईवटा स्तरीय सडक निर्माण गर्ने योजना रहेको छ,’ उनले भने– ‘यस योजनालाई सफल बनाउनका लागि हामी योग्य छौं, जुनकुनै सरकार बने पनि हाम्रो क्षेत्रका लागि बजेट ल्याउने सवालमा पछि परिने छैन, प्रधानमन्त्री वा कुनै पनि मन्त्रीले हामीले ल्याएको योजना फिर्ता गर्न सक्दैन ।’

विकासका लागि ठूला सडक बनाएर त्यसलाई जोड्न शाखा सडकहरू पनि निर्माण गर्ने योजना उनको रहेको छ । भुसालले कुल २७ वटा योजना सडक विस्तारका लागि मात्र योजना बनाएका छन् । यसमा पनि आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा थप हुँदै जाने उनी बताउँछन् । 

भुसालले रूपन्देही १ को अमुवा भन्सार–धकधई– खैरेनी हुँदै पाल्पा गोठादी मार्ग नालासहित सडक स्तर वृद्धिको कार्य सम्पन्न गर्ने योजना ल्याएका छन् । साथै  उनले मंगलापुर कान्छी बजार–गुम्मी–शंकरपुर–बेतानी हुँदै परासी जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, वसन्तपुर–हाटी फर्साटिकर–कान्छी बजार हुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गर्ने पनि योजना अघि सारेका छन् ।

त्यस्तै भुसालले बरेवा भन्सार–कोटहवा–सेमरहवा–जमूहानी ६ नम्बर चोक देवीस्थान हुँदै देवदह नगरपालिकाबाट खैरेनी मार्ग नालासहित सडक स्तरवृद्धि गर्ने, भलुही–बाघ कुमार–विशालनगर–बंगाली–पिपरहिया हुँदै केरवानी जाने बाटो पक्की गर्ने, गणेश नगर–प्रदीपनगर–शिवपुर–विष्णुपुरा–बरवलिया–पपरहिया–अमरहवा हुँदै बेलहिया बाइपास सडक जोड्ने, तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिने योजना अघि सारेका छन् ।

यसैगरी, देवदह–ओमसितया–रोहिणी–तिलोत्तमा समेटेर बृहत चक्रपथ निर्माण गर्ने, शितलनगर–शान्तिनगर हुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गर्ने, शान्तिनगर मुखियाटोल हुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह मावि हुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गर्ने, भलुही–केउली–सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गर्ने, बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गर्ने योजना उनको रहेको उनले बताए । 

त्यस्तै, ठुटीपिपल–वरकुलाहा–करुवानी–कानपाराहुँदै देवदह १२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, भलवारी–रामनगर–हरैया हुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गर्ने, गणेशनगर–शिवपुर–बुधबारे–मक्रहर–वेवरा जाने सडक नालासहित स्तरवृद्धि गर्ने, चौकीडाँडा–बर्मेली टोल–तुकतुकिया–मोहनाजोत–९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गर्ने, ९ नम्बर बजार–वसन्तपुर–सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गर्ने योजना भुसालले अघि सारेका छन् । 

त्यसैगरी, मिर्गौली–पिपलडाँडा–तुकतुकिया–मैनहवा–वेवरा सडक नालासहित स्तरवृद्धि गर्ने, कोटिहवा–पर्सहवा–पिपरहिया–गंगौलिया–बरौलिया सडक नालासहित स्तरवृद्धि गर्ने, बैकुण्ठपुर–खुरहुरिया–भटपुरवा सडक नालासहित स्तरवृद्धि गर्ने, अमुवा–टिकर–बुधबारे–बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह १० चरङ्गेको रम्भादेवी हुँदै लडियाबास रिड्ड रोड जोड्न पुल निर्माण गरी सडकको स्तर उन्नति गर्ने,  देवदह– १० भलुहीको बुद्धपथदेखि वडा कार्यालय जाने वडा पहुँच सडकको स्तरोन्नति गर्ने योजना उनले अगाडि ल्याएका छन् । 

यसैगरी भलुही र चरङ्गेमा अवस्थित मुल सडक तथा भित्री सडकहरूको नालासहित स्तर उन्नति गरी त्यहाँ रहेका पार्क, मठ–मन्दिर सामुदायिक भवनको स्तर उन्नति गरी नदी कटानलाई व्यवस्थित गर्ने, पाल्पा जोड्ने वैकल्पिक मार्गको स्तर उन्नति गर्ने तथा प्रादेशिक यातायात योजना अन्तर्गत यस क्षेत्रका सडकहरूलाई समावेश गर्ने योजना ल्याएको भुसालको बताएका छन् ।

चुनावी अभियान अन्तर्गत जनताको घरदैलोमा पुग्ने र कोणसभाहरूलाई सम्बोधन गर्ने गरेका भुसालले यी योजनाहरु मतदातालाई सुनाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप