काठमाडौं १ का मतदाताको घाउ निको पार्न मैले जित्नैपर्छ : किरण पौडेल
नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताए ।
उनले अहिलेका जनप्रतिनिधिहरू ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्ने कुराको महसुस समेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए ।
उनले भने– ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महसुस गरिरहनुभएको छैन । आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरूले अनुभव गरिरहनुभएको छ । त्यसले गर्दा १५ वर्षदेखि यहाँका मतदाताहरूको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरूको समाधान गर्ने पक्षमा हामी छौँ ।’
उनले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग जनप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्नेपनि बताए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेता पौडेलले काठमाडौं १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महसुस गर्न नपाएको गुनासो गरेको बताए । उनले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरूको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरूको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पारे ।
उनले भने– ‘पुरानो पुस्ताबाट यो सम्भव छैन भन्ने कुरा जनताले महसुस गर्नुभएको छ । जनताले परिवर्तन खोज्नुभएको छ । यहाँ आएका प्रतिस्पर्धीमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा मतदाताले मलाई हेरिरहनुभएको छ । चुनाव जितेपछि ५ वर्ष हराउँछौ भन्ने मतदाताको गुनासो छ । अब निर्वाचित भएपछि हाम्रो घरदैलो सुरु हुन्छ । निर्वाचनपछि कम्तिमा २ घण्टा हरेक बस्तीमा गएर जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउँछौँ ।’
नेता पौडेलले काठमाडौं १ का मतदाताहरूले निर्वाचन क्षेत्रका अन्य प्रतिष्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको दाबीसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण