इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न उच्च अदालतको आदेश
उच्च अदालत पाटनले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । अदालतले शुक्रबार अध्यक्ष तामाङ र केशवलाल श्रेष्ठलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) लाई भने अदालतले ३५ लाख धरौटीमा जेल बाहिर राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।
उक्त मुद्दामा उच्च अदालतका सरकारी वकिलहरू नारायण रिमाल, दिनेश रेग्मी र उषा गजमेरले तथा बचतकर्ताहरुका निजी अधिवक्ताहरू रमेश बडाल, भोजराज आचार्य, डा. सुरेन्द्र भण्डारी र डा.दिनेश त्रिपाठीले बहस गरेका थिए । वादी र प्रतिवादीको तर्फबाट भएको दुई दिन लामो बहसपछि अदालतले सो आदेश दिएको हो ।
सिर्जनालाई ‘ठगी तथा संगठित अपराध’ मुद्दामा धरौटीमा जेल बाहिर राखेर पुर्पक्ष गर्नु भन्ने आदेश दिए पनि उनलाई विशेष अदालतले ‘सम्पत्ति शुद्धीकरण’ मुद्दामा थुनामा राखेर पुर्पक्ष गर्नु भनेको हुँदा उनी विशेष अदालतको अन्तिम फैसला नभएसम्म जेल भित्रै रहने जनाइएको छ । आदेशमा प्रतिवादीको हकमा जिल्ला अदालतको आदेश अनुसार नै गर्नु भनिएको छ ।
भदौ दोस्रो हप्ता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व अध्यक्ष तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको थियो । विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति हिनामिना गरेको निष्कर्ष निकालेको थियो । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रूपैयाँ सम्पत्ति हिनामिना गरेको निष्कर्ष निकालेको थियो ।
यस्तो छ आदेश-









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण