हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च
हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ । उपमहानगरपालिकाको कुल रु दुई अर्ब ९१ करोड ९३ लाख बजेट रहेकामा रु दुई अर्ब २० करोड ५२ लाख खर्च भएको छ ।
गत आर्थिक वर्षमा सो पालिकाको रु एक अर्ब ३० करोड १७ लाख बजेट रहेकामा रु एक अर्ब ३० करोड १७ लाख मात्र खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै पूँजीगततर्फ रु एक अर्ब ६१ करोड १५ लाख बजेट रहेकामा रु एक अर्ब आठ करोड ३७ लाख खर्च भएको छ । हेटौंडा उपमहानगरपालिकाले आव २०७८/७९ मा आन्तरिकतर्फ रु २८ करोड ४२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।
विभिन्न सिफारिस दस्तुरवापत रु दुई करोड ८८ लाख र नक्सापास दस्तुरवापत रु दुई करोड ३७ लाख र व्यवसाय करवापत रु एक करोड ७९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । साथै १९ वडाबाट रु पाँच करोड ३२ लाख राजस्व सङ्कलन तथा नदीजन्य पदार्थको बिक्रीबाट रु चार करोड ३० लाख राजस्व सङ्कलन गरेको छ ।
हालसम्म उपमहानगरपालिकाले आवको अन्त्यसम्ममा २५ ऐन, चार नियमावली, २९ कार्यविधि र १४ निर्देशिका तयार गरिसकेको जनाएको छ । समाज कल्याण शाखाअन्तर्गत ४५.५८ प्रतिशत वित्तीय प्रगति भएको छ । यसका लागि रु एक करोड २१ लाख बजेट विनियोजन भएकामा रु ५५ लाख ३८ हजारमात्र खर्च भएको छ । नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाइने र जनताको कामलाई सरल तथा सहज बनाउनेतर्फ सबैले जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण