२ करोड १५ लाख पर्ने फोर्ड रेन्जर र्यापटर नेपालमा भित्रियो
फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा आएको छ । फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन तथा इन्जिनियर गरिएको नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएको कम्पनीले जनाएको छ । जसले अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको बताइएको छ ।
अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भी६पेट्रोल ईन्जिन जडान रहेको छ । यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ भने ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ ।
नयाँ नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा सात ड्राईभ मोडहरु छन् । जसमा अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा ।
नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाईन गरिएको बताउँदै कम्पनीले भनेको छ, ‘इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई र्‍यापटरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ । एफ–२२ र्‍यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् । ’
फोर्ड रेन्जर र्‍यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छन् । यसको मूल्य रु.२.१५ करोड तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण