पाकिस्तानले ओस्कार अवार्डमा पठाएको फिल्म देशभित्रै प्रतिबन्धित
फिल्म निर्माता सैम सादिकको बहुचर्चित फिल्म ‘जोयल्याण्ड’ मा कथित रुपमा ‘अति आपत्तिजनक सामग्री’ भएको आरोपमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।
केही महिना अगाडि फिल्म रिलिज गर्ने सर्टिफिकेट दिएपछि यो प्रतिबन्ध लगाइएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार जोयल्याण्डलाई पाकिस्तानका ेतर्फबाट ओस्करमा आधिकारिक प्रवेशको रूपमा पठाइएको छ ।
यो फिल्मलाई १७ अगस्टमा सर्टिफिकेट बोर्डले हरियो झण्डा दिएको थियो । यद्यपि, हालै यसको कन्टेन्टको विषयमा आपत्ति जताउन थालेको थियो ।
सूचना तथा प्रसारण मन्त्रालयले देशका रूढीवादी तत्वहरूको प्रतिक्रियाबाट बच्न चलचित्र प्रतिबन्ध लगाएको बताइएको छ ।
एक नोभेम्बरमा मन्त्रालयको तर्फबाट जारी गरिएको अधिसूचनामा फिल्म देशको ‘सामाजिक मूल्य र नैतिक मापदण्ड’ मा खरो उत्रिन नसकेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘फिल्ममा हाम्रो सामाजिक मूल्य र नैतिक मापदण्डसँग मेल नखाने र मोसन पिक्चर अध्यादेश १९७९ को धारा ९ मा व्यवस्था गरिएको ‘शालीनता र नैतिकता’ मापदण्डविपरीत अत्यधिक आपत्तिजनक सामग्री रहेको लिखित उजुरी प्राप्त भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण