शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै

सोमबार, २८ कात्तिक २०७९, १७ : २०
सोमबार, २८ कात्तिक २०७९

पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बाला चतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ ।

पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ । यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ । मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप