जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै
सोमबार, २८ कात्तिक २०७९, १७ : २०
पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बाला चतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ ।
पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ । यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ । मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड पुगे जेडी भान्स
-
रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष
-
रास्वपा महाधिवेशनमा कुन दलबाट को नेता हुँदैछन् सहभागी ?
-
छोरी बोकेर चितवन ओर्लिए प्रधानमन्त्री बालेन
-
तस्बिरमा साताका ७ तस्बिर
-
कांग्रेस सभापति थापा रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण