अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड पुगे जेडी भान्स
सारांश
- अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको प्रत्यक्ष वार्तामा सहभागी हुन आइतबार बिहान स्विट्जरल्यान्ड पुगेका छन् ।
- यस वार्तामा इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले इरानी पक्षको नेतृत्व गर्नेछन् ।
- यसैबीच, इरानी सेनाले होर्मुज जलमार्ग बन्द गरिएको दाबी गरे पनि अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गरेको छ ।
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार बिहान स्विट्जरल्यान्ड पुगेका छन् । स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता सुरु हुने तयारी भइरहँदा सोही वार्तामा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।
अमेरिकी प्रतिनिधिमन्डलको नेतृत्व भान्सले गरेका छन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् ।
वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाका फिल्ड मार्शल आसिम मुनिर पनि सहभागी हुनेछन् । पाकिस्तानले युद्ध अवधिभर मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।
यसैबीच इरानी सेनाले इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप स्टे«ट अफ होर्मुज पुनः बन्द गरिएको दाबी गरेको छ । तर अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गर्दै जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता भएपनि इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व पूर्ण रूपमा रोकिएको छैन । शनिबार इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा ४७ जनाको मृत्यु भएको बताइएको छ ।
इजरायली रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहसँग सम्बन्धित ८० वटा लक्ष्यमा आक्रमण गरी दर्जनौँ लडाकु मारिएको जनाएको छ । इजरायलका चार सैनिक पनि मारिएको बताइएको छ।
अमेरिकाले सम्झौताअनुसारका प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै इरानले स्टे«ट अफ होर्मुज बन्द गरिएको जनाएको छ । तर अमेरिकी सेनाको मध्य कमाण्ड (सेन्टकम) ले जहाजहरूको आवतजावत जारी रहेको र इरानले उक्त स्टे«ट नियन्त्रण नगर्ने स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
-
समाजवाद र पुँजीवादको फ्युजनः ‘संवैधानिक समाजवाद’ रास्वपाको मार्गदर्शन
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण