अपडेट
कांग्रेस सभापति थापा रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा जाने
आइतबार, ०७ असार २०८३, ११ : १४
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन चितवन जाने भएका छन् ।
- पहिले उपसभापति पुष्पा भुसाललाई पठाउने तय गरिए पनि आलोचनापछि थापा आफैँ जाने भएका हुन् ।
- रास्वपाको पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा चितवन जाने भएका छन् ।
आइतबार बिहान पहिला उपसभापति पुष्पा भुसाललाई पठाउने तय गरेर सभापति थापाले फेसबुकमा रास्वपालाई पहिलो महाधिवेशनको शुभकामना दिएका थिए । तर, पछि शुभकामना दिन पनि नगएको भन्दै उनले फेसबुकमा राखेको पोस्टमा र बाहिर चर्को आलोचना भएपछि थापा जान लागेका हुन् ।
कांग्रेसका एक पदाधिकारीले पहिला उपसभापति भुसाललाई पठाउने तय गरिएको तर, पछि धेरै प्रतिक्रिया आएपछि सभापति थापा आफैँ जाने कार्यक्रम बनेको जानकारी दिए ।
रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण