परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको शीर्ष १३ मा प्रवेश गर्न सफल
परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन । गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरुको प्रस्तुतिसँगै परिजिता शीर्ष १३ मा पुगेकी हुन् ।
मेरिल्याण्डकी नेपाली मूलकी १७ वर्षीय परिजिता अब अर्को हप्ता हुने प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धीसँग भिड्नेछिन । द भ्वाइस प्रतियोगितामा छनौट हुने उनी प्रथम नेपाली मूलकी अमेरिकी हुन् ।
गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो । अमेरिका, नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए । द भ्वाइसका निर्णायक र प्रशिक्षकहरुको छनौट र रोजाइको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भएता पनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र सम्भव भएको हो ।
गत सोमबार परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी थिइन् । उनले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” गीत प्रस्तुत गरेकी थिइन् । प्रस्तुति पश्चात चारै प्रशिक्षकले स्ट्यान्डिङ ओभेशन दिएका थिए । परिजिताको प्रस्तुतिलाई प्रशिक्षकहरूले मुक्त कण्ठ प्रशंसा गरेका थिए ।
परिजिताका प्रशिक्षक जोन लिजेन्डको टोलीमा रहेकी छिन । जोनले परिजिताको गीत प्रस्तुतिले सबैको हृदयमा तान्यो भनि प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण