सामाजिक कथाका फिल्मबाट टाढिँदै आयुष्मान
सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन् । एलजीबीटी कम्यूनिटी, स्पर्म डोनेशन, इरेक्टाइल डिसफंक्शन, आसाममा चलिरहेको द्वन्द्व जस्ता मुद्धाका फिल्ममा आयुष्मानले मनोरञ्जनपूर्ण ढंगले आफूलाई प्रस्तुत गरेका थिए । अब भने उनले आफूलाई कमेडी फिल्ममा फोकस गर्ने भएका छन् ।
‘अब म जुनसुकै फिल्ममा साइन गरे पनि त्यसको कथावस्तु सामाजिक सन्देश दिने खालको नहोस् भन्ने चाहन्छु । मेरो सोचाइ सामाजिक सन्देशका कथाबाट टाढिएर पपकर्न इन्टरटेनमेन्ट फिल्ममा अभिनय गर्नु हो’, उनले भनेका छन् ।
आयुष्मानले दर्शकहरु बाँडिएका कारण आफूले यो निर्णय लिएको खुलाए । ‘हाम्रो दर्शक बाँडिएका छन् । बौद्धिक दर्शकको अलग हिस्सा, आम दर्शकको हिस्सा, उनीहरुको साथमा फिल्म ल्याउनु ठूलो चुनौती हो । अहिलेको पुस्ता ओटीटीयुक्त छन् । उनीहरुले सन्देशभन्दा पनि मनोरञ्जन खोज्न थालेका छन्,’ आयुष्मानले भनेका छन् ।
आयुष्मानले आफू सुरुदेखि नै मल्टीप्लेक्सवाला अभिनेता रहेकाले धेरै बौद्धिक फिल्म पनि दर्शकले मननपराउने उल्लेख गरेका छन् । ‘अब मैले व्यावसायिक फिल्मतिर झुकाव राख्नुपर्छ’, उनले भनेका छन् ।
आयुष्मानका पछिल्ला केही फिल्मले बक्सअफिसमा सोचेजस्तो व्यापार गर्न सकेका छैनन् । यहीकारण उनले सामाजिक सन्देश दिने खालका फिल्मबाट दुरी बढाउने निर्णय लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण