बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरी बास्सै’ मा पनि चुनावी माहोल

बुधबार, ३० कात्तिक २०७९, १३ : ०१
बुधबार, ३० कात्तिक २०७९

अगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोलले देश रंगिएको छ । राजनीतिक पार्टीहरू आफ्ना एजेन्डासहित सामाजिक सञ्जाल, मिडियादेखि जनताको घरदैलोसम्म छाएका छन् । 

यस्तैमा लामो समयदेखि प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘मेरीबास्सै’ ले पनि मंगलबार प्रसारण भएको आफ्नो ७८१ औं भाग निर्वाचनमय बनाएको छ । श्रृंखलाले निर्वाचनको समय भोटका लागि नेताहरूले के–के सम्म गरेर झुक्याउनपछि पर्दैनन् भन्ने विषय कमेडी रुपमा प्रस्तुत गरेको छ ।

समसामयिक विषयमा प्रस्तुत गर्ने क्रममा निर्वाचन पनि श्रृंखलामा प्रवेश गरेको निर्देशक दिवाकर भण्डारीले बताए । ‘हामीले चुनावी विषयवस्तुमार्फत सक्षम र विकास प्रेमी नेता छान्न प्रेरित गरेका छौ’ भण्डारीले भने–‘दर्शकले पाउँदै आएको मनोरञ्जन पनि कायम छ ।’

‘मेरी बास्सै’ मा पछिल्लो समय सुरवीर पण्डित, निरु खड्का, पल्पसा डंगोल लगायतका कलाकार नियमित देखिँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप