‘मेरी बास्सै’ मा पनि चुनावी माहोल
अगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोलले देश रंगिएको छ । राजनीतिक पार्टीहरू आफ्ना एजेन्डासहित सामाजिक सञ्जाल, मिडियादेखि जनताको घरदैलोसम्म छाएका छन् ।
यस्तैमा लामो समयदेखि प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘मेरीबास्सै’ ले पनि मंगलबार प्रसारण भएको आफ्नो ७८१ औं भाग निर्वाचनमय बनाएको छ । श्रृंखलाले निर्वाचनको समय भोटका लागि नेताहरूले के–के सम्म गरेर झुक्याउनपछि पर्दैनन् भन्ने विषय कमेडी रुपमा प्रस्तुत गरेको छ ।
समसामयिक विषयमा प्रस्तुत गर्ने क्रममा निर्वाचन पनि श्रृंखलामा प्रवेश गरेको निर्देशक दिवाकर भण्डारीले बताए । ‘हामीले चुनावी विषयवस्तुमार्फत सक्षम र विकास प्रेमी नेता छान्न प्रेरित गरेका छौ’ भण्डारीले भने–‘दर्शकले पाउँदै आएको मनोरञ्जन पनि कायम छ ।’
‘मेरी बास्सै’ मा पछिल्लो समय सुरवीर पण्डित, निरु खड्का, पल्पसा डंगोल लगायतका कलाकार नियमित देखिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण