बुद्ध एयरले अब सुर्खेतमा पनि उडान भर्ने
हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अब सुर्खेतमा ७२ सिट क्षमताको जहाजमार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।
बुद्ध एयरले नियमित नेपालगञ्जकै उडान गर्दै आएको एटीआर ७२ मार्फत परीक्षण उडान गरेको हो। परीक्षण उडानपछि विज्ञप्ति जारी गर्दै ७२ सिटे जहाज उडान तथा अवतरणका लागि अनुकूल देखिए जनवरी २०२३ बाट नियमित उडान गर्ने जनाएको छ। ७२ सिट क्षमताको जहाजबाट सेवा दिँदा सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५०० हुने बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘टेस्ट फ्लाइटको रिपोर्ट उडान अनुकूल रहेको अवस्थामा जनवरी २०२३ बाट एटीआर ७२ मार्फत दैनिक दुईवटा उडान सञ्चालन गर्ने योजना रहेको छ ।’ एटीआर ७२ विमानमार्फत उडान सञ्चालन गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने महसुस गर्नेगरी न्यूनतम् भाडा दर रु.७ हजार ५०० राखेको छ ।
अहिले सुर्खेत–काठमाडौंको भाडा ९ हजार देखि ११ हजार सम्म रहेको छ।
सन् २०१३ फेब्रुअरी १ देखि १८ सिट क्षमताको जहाजबीच क्राफ्ट १९०० डी बाट सुर्खेत उडान सुरु गरेको जहाजले विगत पाँच वर्षयता ४७ सिट क्षमताको जहाज एटीआर ४२ मार्फत हाल उडान जारी राखेको छ । ७२ सिट क्षमताको जहाजको सुर्खेत परीक्षण उडान रिपोर्ट अनुकूल आए दैनिक दुईवटा उडान सञ्चालन गर्ने योजना बुद्ध एअरले बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण