मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अस्वाभाविक मतदान भए फेरि मतदान : प्रमुख निर्वाचन आयुक्त

बिहीबार, ०१ मङ्सिर २०७९, १४ : ४८
बिहीबार, ०१ मङ्सिर २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि मतदान केन्द्रमा अस्वाभाविक मतदान भए पुन मतदान गर्ने बताएका छन् ।  बिहीबार आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले यो पटक मतदाताभन्दा बढी मत नहुने दावी गरे । 

‘योपल्ट मतदाताभन्दा बढी मत हुने छैन । हामीले मतगणना प्रारम्भ गर्नुभन्दा अगाडि कुन-कुन वडाको कुन–कुन मतदान केन्द्रमा कति मत खस्यो ? र त्यो बाहिरी आँखाले हेर्दा अस्वाभाविक लाग्ने हुन्छ कि हुँदैन ? अर्थात् उदाहरणको लागि कहि सतप्रतिशत मतदान भयो, सुन्दा सारै राम्रो बुझ्दा अत्यन्त कठिन । यस्तो विषयलाई समेत हेरेर यदि अस्वाभाविक मतदान भएको छ भने फेरि अर्को मतदान गर्छ’, प्रमुख थपलियाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप