शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

शर्माको आक्रोश : दुईचोटी संसदलाई विघटन गर्नेलाई फेरि किन भोट दिने ?

बिहीबार, ०१ मङ्सिर २०७९, १५ : २३
बिहीबार, ०१ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य ओम शर्माले सत्ता गठबन्धनलाई मंसिर ४ को आम निर्वाचनमा भोट दिएर विजयी गराउन आग्रह गरेका छन् । प्रतिगमनकारी शक्तिलाई यो निर्वाचनबाट जनताले पाठक सिकाउन जरुरी रहेको उनको भनाइ छ । 

बिहीबार दोलखाको मेलुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष समेत रहेका शर्माले भने– ‘दुई दुई चोटी संसदलाई विघटन गर्नेलाई जनताले फेरि किन भोट दिने ? यो पटक परिवर्तनको पक्षमा रहेका जनताले गठबन्धनलाई चुनाव जिताउनुपर्छ र मलाई जनताले सही निर्णय लिनेमा विश्वास छ ।’

उनले देशभर गठबन्धनको पक्षमा माहोल रहेको भन्दै गठबन्धनको नेतृत्व गरेर कांग्रेस र माओवादीले विकास र समृद्धिप्रतिको जनआकांक्षा पुरा गर्ने बताए ।  यस्तै प्रतिनिधिसभा उम्मेदवार तथा माओवादी केन्द्रका नेता गंगा कार्कीले आफूहरूलाई जिताउन आग्रह गरे । उनले गठबन्धनलाई जिताएमा स्थायित्व, शान्ति, समृद्धि हुने भन्दै संविधानको रक्षा पनि हुने धारणा राखे । 

यस्तै कांग्रेस नेता ताराबहादुर कोइरालाले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्ने गठबन्धन नै भएको बताए । सो क्रममा प्रदेशसभा उम्मेदवार कुन्दराज काफ्ले लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप