निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू केन्द्रमा पुगे
शुक्रबार, ०२ मङ्सिर २०७९, ०९ : ४८
मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीमा खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत तीन सय ४४ मतदान केन्द्रका मतदान अधिकृत सम्बन्धित केन्द्र पुगी निर्वाचन प्रक्रियाअन्तर्गतका काम सुरु गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।
जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । निर्वाचनमा समाचार सङ्कलनका लागि यसपटक सञ्चारकर्मीका लागि आफू कार्यरत सञ्चारगृहको परिचयपत्र देखाएर गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । जिल्लामा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सबै किसिमको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
-
जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर
-
‘फर्की फर्की’ सबै वर्गका दर्शकको लागि हो : जसिता
-
‘ओलम्पिक छनोटमा सुखद नतिजा ल्याउँछौँ’
-
मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन
-
गण्डकी सरकारलाई कांग्रेसको चेतावनी : अदालतको आदेश विपरीत काम नगर्नू