निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू केन्द्रमा पुगे
शुक्रबार, ०२ मङ्सिर २०७९, ०९ : ४८
मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीमा खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत तीन सय ४४ मतदान केन्द्रका मतदान अधिकृत सम्बन्धित केन्द्र पुगी निर्वाचन प्रक्रियाअन्तर्गतका काम सुरु गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।
जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । निर्वाचनमा समाचार सङ्कलनका लागि यसपटक सञ्चारकर्मीका लागि आफू कार्यरत सञ्चारगृहको परिचयपत्र देखाएर गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । जिल्लामा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सबै किसिमको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण