चर्चित पञ्जाबी नायिका दलजीत कौरको निधन, १ वर्षदेखि कोमामा थिइन्
पञ्जाब फिल्म उद्योगकी दिग्गज अभिनेत्री दलजीत कौरको निधन भएको छ । ६९ वर्षको उमेरमा दलजीतको निधन भएको हो । थुप्रै हिट फिल्म दिने दलजीतको पञ्जाब सिनेमामा महत्वपूर्ण योगदान छ ।
उनको निधन बिहिबार १७ नोभेम्बरमा लुधियानामा उनको कजन भाइको घरमा भएको हो । नायिकाका कजन हरिन्दर सिंह खंगुराका अनुसार ६९ वर्षकी दलजीत पछिल्लो तीन वर्षदेखि ब्रेन ट्युमरसँग लडिरहेकी थिइन् । पछिल्लो एक वर्षदेखि दिलजीत डिप कोमामा थिइन् । नायिकाको शुक्रबार अन्तिम संस्कार गरिनेछ ।
दलजीतले ‘गडबड हे, पटोला, सइदा जोगन, सरपंच, सैदा जोगन, की बनू दुनिया दा, पुत जट्टां दे’ लगायतका चर्चित फिल्ममा काम गरेकी छिन् ।
The beautiful Actress, Legend of Punjab #Daljeetkaur has sadly left us with her beautiful memories. May god bless her soul and she rest in eternal peace. 🙏🏼 pic.twitter.com/ZgOkv2rV3Z
— King Mika Singh (@MikaSingh) November 17, 2022
दलजीतले दिल्लीको लेडी श्रीराम कलेजबाट ग्रेजुएशन गरेकी थिइन् । उनले आफ्नो फिल्मी करियर सन् १९७६ मा फिल्म दाजबाट सुरु गरेकी थिइन् । थुप्रै पञ्जाबी फिल्ममा दलजीतले फिमेल लिड रोल प्ले गरेकी थिइन् । दलजीतले आफ्ना श्रीमान् हरमिन्दर सिंह देओलको सडक दुर्घटनापछि फिल्मबाट ब्रेक लिएकी थिइन् । सन् २००१ मा दलजीत पुनः फिल्मी दुनियाँमा आएकी थिइन् । आफ्नो फिल्मी करियरमा दलजीतले १० हिन्दी र ७० पञ्जाबी फिल्ममा काम गरेकी थिइन् । उनलाई पञ्जाबी सिनेमाको हेमा मालिनी भनिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण