कमला ह्यारिसले ५ देशका नेतालाई भेट्ने
उत्तर कोरियाले एक संदिग्ध अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरूसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।
बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ प्रयोग गर्दै, ह्वाइट हाउसका अधिकारीले बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै, ह्यारिसले पाँच नेताहरूलाई सम्मेलन भेटवार्ता गर्नु हुने बताइएको छ ।
बैठकमा जापानका फुमियो किशिदा, दक्षिण कोरियाका हान डक–सू, अष्ट्रेलियाका एन्थोनी अल्बानीज, न्युजिल्याण्डका जसिन्डा आर्डर्न र क्यानडाका जस्टिन ट्रुडो सहभागी हुने जनाइएको छ ।
जापानले उक्त क्षेप्यास्त्र आफ्नो पानीमा खसेको र अमेरिकाको मुख्य भूमिमा मार हान्न सक्ने क्षमता रहेको बताएको छ । उत्तर कोरियासँगको हप्तौंको बढ्दो तनावपछि पुनः सातौं आणविक परीक्षणको तयारी गरिरहेको अमेरिकी गुप्तचरहरूले विश्वास गरेका छन् ।
ह्वाइट हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारलाई संयुक्त राष्ट्र सुरक्षा परिषदका धेरै प्रस्तावहरूको निर्लज्ज उल्लङ्घन गरेको जनाएको छ । यस प्रहारले अनावश्यक रुपमा तनाव बढाउने बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार कम्बोडियामा दक्षिण पूर्वी एसियाली शिखर सम्मेलनको क्रममा जापानका फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलसँग भेट गर्नु भएको र उत्तर कोरियाले आणविक परीक्षणविरूद्ध संयुक्त चेतावनी जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण