बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तुलसीपुरमा उम्मेदवार चढेको गाडी भित्र जन्मियो बच्चा

शनिबार, ०३ मङ्सिर २०७९, ०६ : २२
शनिबार, ०३ मङ्सिर २०७९

दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । एमालेबाट उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उनका श्रीमान प्रदीप चौधरीले जानकारी दिए । आफन्तसँग भेटघाटमा रहेका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिएकी हुन् । 
 
बा १२ च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जाँदा छोरीको जन्म भएको प्रदिपले जानकारी दिए । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएको राप्ती प्रादेशिक अस्पताल अन्तर्गत प्रसूति गृहमा कार्यरत अनमी पुजना वलीले जानकारी दिइन् । सृजनाको यो दोस्रो सन्तान हो । 

तुलसीपुर उपमहानगरपालिका मातृ शिशु मृत्युदर शून्यमा झार्ने देशमै पहिलो स्थानीय पालिका हो । तुलसीपुर उपमहानगरापलिकामा ४ वर्षको अवधिमा करिब १८ हजार जनाले सुत्केरी सेवा लिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप