शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब इन्दिरा गान्धीले अमेरिकी राष्ट्रपतिसँग नाच्न अस्वीकार गरिन्

शनिबार, ०३ मङ्सिर २०७९, १८ : ५७
शनिबार, ०३ मङ्सिर २०७९

इन्दिरा गान्धीलाई महिला प्रधानमन्त्री भनेकोमा रिस उठ्थ्यो । उनी काम गर्दा आफूलाई नारी नठान्ने बताउने गर्थिन् । प्रधानमन्त्री बनेपछि सन् १९६६ मार्चमा इन्दिरा गान्धी पहिलो पटक अमेरिका जाँदा तत्कालीन भारतीय राजदूत बीके नेहरूलाई अमेरिकी राष्ट्रपतिको सहयोगी ज्याक भ्यालेन्टीको फोन आयो ।

बीके नेहरू आफ्नो आत्मकथा ‘नाइस गाइज फिनिस सेकेन्ड’मा लेख्छन्, ‘राष्ट्रपति लिण्डन जोनसनले ज्याक भ्यालेन्टीलाई इन्दिरा गान्धीसँग भेटमा उनलाई के भनेर सम्बोधन गने साध्न लगाएका थिए । भ्लालेन्टीको यो प्रश्नमा मैले उनलाई स्वयम इन्दिरा गान्धीलाई यो कुरा सोध्न भनें ।’

‘मैले इन्दिरा गान्धीलाई फोनमा के विषयमा कुरा भएको भनेर भने तब उनले हाँस्दै राष्ट्रपति जोनसनले चाहेमा ‘प्राइममिनिस्टर’ मात्र भन्ने सक्ने बताइन् । यदि उनले मलाई ‘मिस्टर प्राइममिनिस्टर’ भने पनि चल्छ ,’ नेहरुले पुस्तकमा लेखेका छन् । 

बीके नेहरू थप अगाडि लेख्छन् ,‘ उनी यतिमै रोकिइनन् । म कोठाबाट बाहिर निस्किँदै गर्दा उनले भनिन् की –उनीहरूलाई भनिदेऊ मेरा क्याबिनेट सहकर्मीले मलाई ’सर’ भनेर बोलाउँछन् ।’

निक्सनको अपमान

सोही भ्रमणको दौरान राष्ट्रपति जोनसनले इन्दिरा गान्धीको सम्मानमा ह्वाइट हाउसको रात्रिभोज दिए । त्यहाँ राष्ट्रपति जोनसनले इन्दिरालाई डान्स फ्लोरमा नाच्न निम्तो दिए ।

इन्दर मल्होत्रा इन्दिरा गान्धीको जीवनी ‘इन्दिरा गान्धी एक व्यक्तिगत र राजनीतिक जीवनी’ त्यस घटनाबारे लेख्छन् –‘ इन्दिरा गान्धी उनको विद्यार्थी जीवनमा पश्चिमी शैलीको नृत्य गर्थिन् । तर जोनसनको अनुरोधलाई उनले आफ्नो देशवासीहरूले प्रधानमन्त्रीले पश्चिमी नाच गरेको मन नपराउने भन्दै अस्वीकार गरिदिइन् ।’

चार वर्षपछि इन्दिरा गान्धी संयुक्त राष्ट्र संघको २५औँ सम्मेलनमा भाग लिन न्यूयोर्क गइन् । त्यहाँ धेरै देशका प्रमुख पुगेका थिए । त्यस बेलाका अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले ह्वाइट हाउसमा रात्रिभोजका लागि सबै राष्ट्र प्रमुखहरूलाई निम्तो दिएको भारतीय टोलीले अखबारहरूबाट थाहा पाएको थियो ।

नटवर सिंह आफ्नो पुस्तक ‘हर्ट टु हार्ट’ मा यस घटनाबारे लेख्छन् –‘अमेरिकाका लागि भारतीय राजदूत लक्ष्मीकान्त झा वासिङ्टनबाट न्युयोर्क गएर प्रधानमन्त्री इन्दिरा गान्धीलाई निक्सनको डिनरमा सहभागी हुन कहिले वासिङ्टन जाने सोधे ।’

नटवर सिंह अगाडि लेख्छन् –‘इन्दिराले आफूलाई व्यक्तिगत रूपमा निमन्त्रणा नभएको बताइन् । झाले उनी डिनरमा नगए गलत सन्देश जाने व्याख्या गरे । तर इन्दिरा गान्धीले भने निक्सनले चाहेको खण्डमा भारतका लागि अमेरिकी राजदूत मार्फत भोजमा औपचारिक निमन्त्रणा पठाउन सक्ने जवाफ दिइन् ।’

इन्दिरा गान्धी अमेरिकी राष्ट्रपतिले बोलाएको भोजमा नजाने उनको निर्णयमा अडिग रहिन् ।

फ्रान्सका राष्ट्रपतिमाथि इन्दिरा गान्धीको प्रभाव

इन्दिरा गान्धी अमेरिका जाने क्रममा बीचमा फ्रेन्च राष्ट्रपति चाल्र्स डी गालसँग वार्ता गर्न पेरिसमा रोकिएकी थिइन्  । उनको सम्मानमा दिवाभोज दिइयो । 

डि गाल राजनीतिमा महिलाको सहभागिताको उत्साही समर्थक थिएनन् । उनले महिलाहरूले राजनीति गर्न सक्दैनन् भन्ने सोच राख्थे । तर इन्दिरासँगको भेटपछि उनीसँगै गएका मुख्य सचिव लक्ष्मीकान्त झासँगको कुराकानीमा डि गाललले भने ,‘ तपाईँको प्रधानमन्त्रीमा गजबको तागत छ । उनी सफल हुनेमा म ढुक्क छु ।’

इन्दिरा गान्धीको रिस

जवाहरलाल नेहरु छिट्टै रिसाउने र छिट्टै शान्त हुने स्वभावका थिए । तर उनकी छोरी इन्दिरा गान्धी भने त्यस्ती थिइनन् । उनी आफूलाई रिस उठेको व्यक्तिसँग लामो समयसम्म क्रुद्ध हुन्थिन् । उनी आफूलाई मन नपर्ने व्यक्तिहरूप्रति कहिलेकाहीँ जीवनभर घृणा भाव राख्थिन् ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप