अष्ट्रेलियामा शरणार्थीलाई विदेश भ्रमणको अधिकार
अष्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गरेका हुन् ।
मन्त्री गिल्सका अनुसार सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अष्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका निम्ति अनुमति दिइनेछ । आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने छ ।
सरकारको चुनावी वाचा पूरा गर्ने प्रतिबद्धताअनुसार सन् २०१३ भन्दा पहिले अस्थायी सुरक्षा प्रवेशाज्ञा र सुरक्षित उद्यम प्रवेशाज्ञामा देशमा बसोबास गरेका १९ हजारभन्दा बढी शरणार्थीलाई स्थायी सुरक्षा प्रवेशाज्ञामा रुपान्तरण गरिनेछ । सरकारले स्थायी प्रवेशाज्ञा पाएकाहरूका लागि पारिवारिक पुनर्मिलनमा निम्ति कानुन सुधार गर्दै त्यसलाई सहज बनाइनेछ ।
नयाँ प्रावधानबाट एक दशकभन्दा बढी समयदेखि परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ भने त्यसबाट शरणार्थीहरूलाई तेस्रो देशमा पनि यात्रा गर्न सरल र सहज हुनेछ । अष्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्यूजिल्याण्ड, क्यानडा र संयुक्त राज्य अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण