आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

आइतबार, ०४ मङ्सिर २०७९, १२ : २७
आइतबार, ०४ मङ्सिर २०७९

कास्कीमा जारी मतदानमा बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए ।

चिसोका कारण बिहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए । जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।

जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप