रुपन्देहीमा ५ बजेसम्म ६७ प्रतिशत मत खस्यो
आइतबार, ०४ मङ्सिर २०७९, १७ : ३७
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ५ बजेसम्म ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता टेकराज पन्थीका अनुसार प्रारम्भिक अनुमान अनुसार ६७ मत खसेको हो ।
जिल्लाको बेलहीया नाका क्षेत्रमा सबैभन्दा कम ५५ प्रतिशत र तिलोत्तमा क्षेत्रमा ७७ प्रतिशत मत खसेको उनले जानकारी दिए । सालझन्डीस्थित पशुपति मावि मतदान केन्द्र र हरैयास्थित रुद्रपुर मावि केन्द्रमा भने मतदान जारी रहेको छ ।
बिबादका कारणले करिब २ घण्टा रोकिएकाले थप २ घण्टा थप गरी मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । साँझ ७ बजेसम्म मतदान गर्न सकिने उनले जानकारी दिए । थपिएको विवरणसहित करिब ७० प्रतिशत मतदान हुने अनुमान रहेको उनको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
-
सामान्य प्रशासन मन्त्रालयले भन्यो– निजामती कर्मचारीको मूल्याङ्कन अब कार्यसम्पादनमा आधारित हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण