सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
समाचार

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ

सोमबार, २९ असार २०८३, १५ : ३३
सोमबार, २९ असार २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद पार्किङ गरिएको गाडी भेटिएको छ।
  • सो गाडी क्रेनको प्रयोग गरेर हटाउन लागिएको छ।
  • यसअघि सञ्चारमाध्यमको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएका गाडीहरू प्रहरीले हटाएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ गरेको भेटिएको छ । 

साेमबार बिहान थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको हो । सो गाडी क्रेनको प्रयोग गरेर हटाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

आज नै सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीहरू प्रहरीले क्रेनकाे सहायतामा हटाएको छ। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखिएका गाडी ट्राफिक प्रहरीले हटाएको हो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप