बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र विवाद चर्किए पछि मुख्यमन्त्री कमलबहादुर शाह छलफलका लागि काठमाडौँ पुगेका छन्।
- सरकारमै रहेको नेकपा एमालेले मुख्यमन्त्रीले आफ्ना कुरा नसुनेको र एकलौटी रूपमा बजेट ल्याएको आरोप लगाउँदै आएको छ।
- एमालेले आफ्ना माग पूरा नभएसम्म खर्च कटौतीको प्रस्ताव फिर्ता नलिने जनाएको छ, जसले प्रदेश सरकार सङ्कटमा पर्न सक्ने देखिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र विवाद चर्किए पछि मुख्यमन्त्री कमलबहादुर शाह छलफलका लागि काठमाडौँ पुगेका छन्।
सरकारमै रहेको नेकपा एमालेले मुख्यमन्त्रीले आफ्ना कुरा नसुनेको र एकलौटी रूपमा बजेट ल्याएको आरोप लगाउँदै आएको छ। एमालेका ६ सांसदले ६ मन्त्रालयको बजेट एक रुपैयाँमा झार्नुपर्ने माग गर्दै खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन्।
एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्रीले आफ्ना सुझाव बेवास्ता गरेको र अहङ्कारी शैलीमा अघि बढेको आरोप लगाए । नेपाली कांग्रेसले भने यही बजेट पारित गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शाह पनि बजेट यथावत् पारित हुनुपर्ने अडानमा छन् ।
एमालेले भने आफ्ना माग पूरा नभएसम्म खर्च कटौतीको प्रस्ताव फिर्ता नलिने जनाएको छ । बजेट विवादका कारण प्रदेश सरकार नै सङ्कटमा पर्न सक्ने अवस्था देखिएको छ।
काठमाडौँमा हुने शीर्ष नेताहरूबिचको छलफलबाट विवाद समाधान भई बजेट पारित हुने अपेक्षा गरिएको मुख्यमन्त्री शाहनिकट स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११२ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण