राजनीतिक र अन्य पदाधिकारीको सम्पत्ति छानबिन निरन्तर
काठमाडौँ । सम्पत्ति छानबिन आयोग, २०८३ ले राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन प्रक्रियालाई निरन्तरता दिने भएको छ ।
सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिन कार्य नरोकिने आयोगले सोमबार सूचना जारी गरेर स्पष्ट पारेको हो ।
नेपाल सरकारको २०८३ वैशाख २ गतेको निर्णयानुसार गठित आयोगको वैधानिकतालाई लिएर अधिवक्ता डा. प्रेमराज सिलवालसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार २६ गते न्यायाधीश, नेपाली सेना र केही निश्चित संवैधानिक पदाधिकारीहरूको हकमा तत्काल सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न र छानबिन प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको आयोगको भनाइ छ ।
आयोगले सार्वजनिक गरेको सूचना अनुसार, सर्वोच्चको आदेशले मुख्यतः नेपालको संविधानको धारा २३९ को उपधारा (१) र (२) सँग सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको उल्लेख गरेको छ । यसमा बहालवाला न्यायाधीश, नेपाली सेनाका कर्मचारी, महाअभियोग लागेर पदमुक्त भएका व्यक्ति, न्याय परिषद्बाट हटाइएका न्यायाधीश र सैनिक ऐन बमोजिम कारबाही भएका व्यक्तिहरू पर्दछन् ।
यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगको ठहर छ ।
आयोगले जारी गरेको सूचनामा पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म अदालतले तोकेका निश्चित पदाधिकारीहरू बाहेक अन्यको हकमा सम्पत्ति विवरण सङ्कलन र प्रतिवेदन तयार पार्ने काम पूर्ववत् रूपमा अगाडि बढ्ने उल्लेख छ ।
अदालतको आदेशले संविधानमा छुट्टै व्यवस्था भएका पदाधिकारीहरूको हकमा अपूरणीय क्षति हुन सक्ने भन्दै रोक लगाएको भए पनि आम राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीको हकमा आयोग आफ्नो कार्यक्षेत्रभित्रै रहेर सक्रिय रहने जनाइएको छ ।
आयोगले सम्बन्धित सबैलाई तोकिएको प्रक्रियामा सहभागी हुन समेत सूचित गरेको छ ।
_tSMJLLeuyi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण