आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नुवाकोटको मतगणना अपडेट : कहाँ कसको अग्रता ?

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ३८
मङ्गलबार, ०६ मङ्सिर २०७९

नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । मंगलबार बिहानको अध्यावधिक विवरणअनुसार क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ भने १ मा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । 

क्षेत्र नम्बर २ मा ३ हजार ७८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले २ हजार ७६  र एमालेका नारायणप्रसाद खतिवडाले  ९५५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ७०७ मत पाएका छन् । 

यस्तै क्षेत्र नम्बर १ मा ६ हजार ४४३ मत गणना सकिँदा एमालेका बद्री मैनालीले २ हजार ६६० र माओवादी केन्द्रका हितबहादुर तामाङले २ हजार ३२१ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप