बाँके-२ मा अग्रता बढाउँदै राप्रपाका राणा, पछि परे जसपाका राई
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : २८
बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का धवल शमशेर राणाले जनता समाजवादी पार्टी (जसपा)का मोहम्मत इस्तियाक राई भन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन् ।
राप्रपाका राणाले १३ हजार ३५५ मत ल्याउँदा राईले ८ हजार ५५९ मत मात्रै ल्याएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले १ हजार ७५९ मत मात्रै ल्याएका छन् ।
कुल मत २७ हजार ९३० मत गणना भई सकेको छ । बाँकी अरु मत गणना चलिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण