आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा टोपबहादुरको जीत सुनिश्चत

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ३०
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत अर्घाखाँचीको निर्वाचन क्षेत्र नंं १ मा पनि मतगणना जारी रहेको छ । 

जारी मतगणनामा अहिलेसम्मको नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले ८१८२ मतसहित अग्रता लिइरहेका छन् । उनका मुख्य प्रतिस्पर्धी सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसालले ५९९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

उनीहरुबीच फराकिलो अन्तर देखिएको छ । रायमाझीको जित निश्चित रहेको बताइएको छ । मतगणना अन्तिम चरणमा रहेको जनाइएको छ । यहाँ हालसम्म १५ हजार २४६ मत गणना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप