सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा १० हजार मतगणना हुँदा ज्ञानेन्द्र शाहीलाई फराकिलो अग्रता

प्रदेशमा गठबन्धनका ललितलाई चुनौती हुँदा (ख) मा गठबन्धनका रोकायलाई अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ३५
मङ्गलबार, ०६ मङ्सिर २०७९

कर्णालीको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् ।
पछिल्लो नतिजा अनुसार त्यहाँ प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना भएको  छ ।

त्यसमा शाहीको पक्षमा ५ हजार ५६९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन् । शाही–कुँवरबीचको मतान्तर ३ हजार २०९ छ  । 

तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले २२२ पाएका छन् । 

प्रदेश तर्फ (क) मा ७ हजार ३६४ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदेश सभापछि ललितजंग शाहीले २ हजार ९८ मत प्राप्त गरेका छन् भने उनी विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रवहादुर शाहीले २ हजार ९४४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार शाहीले कांग्रेस नेता शाहीलाई ८४५ मतान्तरले पछि पारेका छन् ।

यहाँ पनि एमाले तेस्रो नम्बरमा छ ।  एमालेका धिरेन्द्रराज गिरीले १ हजार ७८५ मत सहित ललितजंगलाई पछ्याइरहेका छन् । नेमकिपाका राजेश्वर देवकाटाले २४२ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश सभा (ख) तर्फ ५ हजार ५३० मत गणना हुँदा कर्णाली सरकारका भौतिक पुर्वाधार मन्त्री समेत रहेका समाजवादीका पदमवहादुर रोकायाले २ हजार ३३ मत पाएर लिड गरिरहेका छन् । उनका प्रतिस्पर्धी एमालेका  टेकराज पछाईले १ हजार ८४७ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप