जुम्लामा १० हजार मतगणना हुँदा ज्ञानेन्द्र शाहीलाई फराकिलो अग्रता
कर्णालीको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् ।
पछिल्लो नतिजा अनुसार त्यहाँ प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना भएको छ ।
त्यसमा शाहीको पक्षमा ५ हजार ५६९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन् । शाही–कुँवरबीचको मतान्तर ३ हजार २०९ छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले २२२ पाएका छन् ।
प्रदेश तर्फ (क) मा ७ हजार ३६४ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदेश सभापछि ललितजंग शाहीले २ हजार ९८ मत प्राप्त गरेका छन् भने उनी विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रवहादुर शाहीले २ हजार ९४४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार शाहीले कांग्रेस नेता शाहीलाई ८४५ मतान्तरले पछि पारेका छन् ।
यहाँ पनि एमाले तेस्रो नम्बरमा छ । एमालेका धिरेन्द्रराज गिरीले १ हजार ७८५ मत सहित ललितजंगलाई पछ्याइरहेका छन् । नेमकिपाका राजेश्वर देवकाटाले २४२ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश सभा (ख) तर्फ ५ हजार ५३० मत गणना हुँदा कर्णाली सरकारका भौतिक पुर्वाधार मन्त्री समेत रहेका समाजवादीका पदमवहादुर रोकायाले २ हजार ३३ मत पाएर लिड गरिरहेका छन् । उनका प्रतिस्पर्धी एमालेका टेकराज पछाईले १ हजार ८४७ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण