पृथ्वी सुब्बा गुरुङ ४५७ मतले अगाडि, पछिपछि देव गुरुङ
एकमात्र प्रतिनिधिसभा रहेको लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङको मतान्तर घट्दै गएको छ । पछिल्लो मतपरिणामअनुसार यसअघि गुरुङ दुई हजारभन्दा बढीले अघि रहे पनि यतिबेला गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङभन्दा जम्मा चार सय ५७ मतले अघि रहेका छन्।
उक्त मत परिणाम सार्वजनिक गरिएअनुसार एमाले उम्मेदवार पृथ्वीसुब्बाको २० हजार तीन सय ७४ मत र माओवादी केन्द्रका देवप्रसाद गुरुङको १९ हजार नौ सय १७ मत प्राप्त भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार हालसम्म ४७ हजार चार सय ९९ मतगणना सम्पन्न भएको छ । त्यस्तै हालसम्म एक हजार चार सय ४२ मत बदर भएको उनको भनाइ छ ।
दोर्दी, क्व्होलासोथर, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ भने यतिबेला सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतमध्ये ८० हजार नौ सय १७ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण