सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवासँग प्रतिस्पर्धा गर्ने ५ उम्मेदवारले १ हजार मत कटाउन सकेनन्

बुधबार, ०७ मङ्सिर २०७९, ०८ : २६
बुधबार, ०७ मङ्सिर २०७९

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने ५ उम्मेदवार १ हजार मत कटाउन सकेनन् । बुधबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार ३ स्वतन्त्र र २ जना पार्टीका उम्मेदवारले एक हजार मत कटाउन नसकेका हुन् । 

मतपरिणामअनुसार राप्रपाका गोविन्द खडायतले ७८४ मत पाए भने जसपाका श्याम सिनालले १६१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवारहरु कर्ण सिंह रावलले ४४२, विक्रम बहादुर शाहीले ४३३ र लालबहादुर कठायतले ८५ मत पाए । डडेलधुराबाट विजयी भएका देउवाले भने २५ हजार ५३४ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप