२७ वर्षको उमेरमा सोविताको पाइला संसदतिर, हेर्नुहोस् जीतको खुसीयाली (फोटो फिचर)
२७ वर्षको उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसदमा प्रवेश गर्ने भएकी छन् । काठमाडौं २ बाट विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्य बनेर संसद प्रवेश गर्ने निश्चित भएको हो ।
उनले एमालेका मणिराम फुयाललाई पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन् । गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयाँल ११ हजार ५५५ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार ४९ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती ९ हजार ४४९ मतसहित चौथो भइन् ।
सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् । नेपाल टेलिभिजनमा काम गर्दा गर्दै उनी राजनीतिमा प्रवेश गरेकी थिइन् । यस्तै विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ ।
२०५२ सालमा दोलखामा जन्मिएकी उनी कानुनमा स्नातक हुन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण