गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार थापा विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ०१
गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् ।
थापा कास्की २ (२)मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार समेत हुन् । उनी सँगै कांग्रसबाट सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार छन् । पाण्डे पनि प्रदेशसभामा निर्वाचित भइसकेका छन् । थापाले १ हजार ३ सय १० मतान्तरले गुरूङलाई पराजित गरेका हुन् ।
उनले ९ हजार २ सय ७९ ल्याउदा र एमालेकी गुरूङले ७ हजार ९ सय ७९ मत प्राप्त गरिन्। राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत ल्याए । थापा दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् र।उनी गण्डकी प्रदेशका कानुन मन्त्री समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण