शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार थापा विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ०१
बिहीबार, ०८ मङ्सिर २०७९

गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । 

थापा कास्की २ (२)मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार समेत हुन् । उनी सँगै कांग्रसबाट सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार छन्  । पाण्डे पनि प्रदेशसभामा निर्वाचित  भइसकेका छन् । थापाले १ हजार ३ सय १० मतान्तरले गुरूङलाई पराजित गरेका हुन् ।

उनले ९ हजार २ सय ७९ ल्याउदा र एमालेकी गुरूङले  ७ हजार ९ सय ७९ मत प्राप्त गरिन्। राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत ल्याए । थापा दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् र।उनी गण्डकी प्रदेशका कानुन मन्त्री समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप