शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही ३ (१) मा लोसपाका सन्तोष पाण्डे विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ११
बिहीबार, ०८ मङ्सिर २०७९

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । दो

दाेस्राे कार्यकालका लागि निर्वाचित पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र पाण्डेलाई ५ हजार ४ सय ६२ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।

यस्तै पाण्डेका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७ सय ९८ मत मात्र पाएको कोइरालाले जानकारी दिए । सोही क्षेत्रबाट लौरो चुनाव चिन्ह भएका हाम्रो नेपाली पार्टीका गोपाल भण्डारी ५ हजार ४ सय ६२ मतसहित तेस्रो स्थानमा रहे भने राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम बहादुर गुरुङले ३ हजार ६ सय ७४ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप