डडेलधुरा ‘क’मा खगराज भट्ट निर्वाचित
डडेलधुरा प्रदेश क्षेत्र नम्बर ‘क’बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टको जित निश्चित भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका भट्टले एमालेका पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित हुने पक्का भएपनि औपचारिक घोषणा हुन बाँकी छ ।
यसअघि भट्ट २०६४,२०७० र २०७४ मा प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए । तीनै पटक भट्ट शेरबहादुर देउवासँग पराजित बने पनि अहिले फेरिएको राजनीतिक समीकरणमा नेता भट्ट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए । सुदुरपश्चिममा राम्रो छवि बनाएका भट्ट लोकप्रिय नेतामध्येमा गनिन्छन् ।
प्रदेशको अहिले सम्म गणना भएको मतमा भट्ट २ हजार मतले अघि छन् । अव दुई वटा वडाको मत गन्न बाँकी छ । गन्न बाँकी सबै मत गन्दा बोहोराको पक्षमा गए पनि भट्ट नै अघि हुनेछन् । दुई वटा वडाको मत गन्न बाँकी रहँदा भट्टले १० हजार ७०५ मत र बोहोराले ८ हजार ७७८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण