गौरमा आगलागी, ३ बालबालिकाको मृत्यु
बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ०८
रौतहटको सदरमुकाम गौर बजारस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु हुनका साथै लाखौंको धनमाल क्षति भएको छ ।
विद्युतको तार सर्ट भइ गए राति ११ बजे गौर नगरपालिका–१ स्थित इस्लाम मियाको कपास डसना पसल र जाकिर बाइक ग्यारेज रहेको घरमा आगलागी भएको हो ।
आगलागी हुँदा घरभित्रै सुतिरहेका १६ जनामध्ये ३ जना बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वर्ष ९ की रुखसाना खातुन, वर्ष ५ का ईमरान मन्सुरी र वर्ष ७ की सबिला खातुन रहेको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।
यस्तै, वर्ष २६ का महमद ईशराईल, वर्ष २४ का नसिमा खातुन, वर्ष ८ का महमद ईमरान घाइते भएको प्रहरीले जनाएको छ । गौर नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण