शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गौरमा आगलागी, ३ बालबालिकाको मृत्यु

बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ०८
बिहीबार, ०८ मङ्सिर २०७९

रौतहटको सदरमुकाम गौर बजारस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु हुनका साथै लाखौंको धनमाल क्षति भएको छ ।

विद्युतको तार सर्ट भइ गए राति ११ बजे गौर नगरपालिका–१ स्थित इस्लाम मियाको कपास डसना पसल र जाकिर बाइक ग्यारेज रहेको घरमा आगलागी भएको हो ।

आगलागी हुँदा घरभित्रै सुतिरहेका १६ जनामध्ये ३ जना बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वर्ष ९ की रुखसाना खातुन, वर्ष ५ का ईमरान मन्सुरी र वर्ष ७ की सबिला खातुन रहेको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।

यस्तै, वर्ष २६ का महमद ईशराईल, वर्ष २४ का नसिमा खातुन, वर्ष ८ का महमद ईमरान घाइते भएको प्रहरीले जनाएको छ । गौर नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप