शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत १  (क) : एमाले प्रवेश गरेका ठम्मर विष्ट कांग्रेसका पोखरेलसँग पराजित

बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ३५
बिहीबार, ०८ मङ्सिर २०७९

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी भएका छन् ।

उनी नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यहाँ ३४ हजार ८३२ मत खसेको थियो । त्यसमध्ये पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरे । 

विष्ट तिनै व्यक्ति हुन् जो सांसद पद छँदै  ०७८ चैत्रमा एमाले प्रवेश गरेका थिए । ०७४ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका उनी सरकारमा मन्त्री बन्न नपाएको भन्दै एमाले प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप