शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही ५ मा  एमालेका वासुदेव घिमिरे विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १० : ४४
बिहीबार, ०८ मङ्सिर २०७९

रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् ।

९ हजार ७ सय मतान्तरसहित नेपाली काँग्रेसका उम्मेदवार भरत शाहलाई हराउँदै घिमिरे विजयी भएका हुन । घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार  शाहले २७ हजार १२० मत प्राप्त गरेका छन् ।

१ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पराजित शाह यसअघिका ३ निर्वाचनमा सांसद रहेकोमा अहिले ह्याट्रिक गर्ने सोचमा थिए तिलोत्तमाका निवर्तमान मेयर वासुदेवले उनलाई पराजित गरेका हुन् ।   ।

तीन पटक जितेका शाहलाई हराउने घिमिरे  को हुन् ?
शाहलाई हराउने घिमिरे प्रतिनिधिसभा सदस्य पदमा रुपन्देही क्षेत्र नं ५ बाट विजयी भएका  वासुदेव घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको निवर्तमान नगर प्रमुख  हुन् । रुपन्देहीको क्षेत्र नम्बर २  पर्ने  तिलोत्तमा  उत्कृष्ट नगरपालिकाको स्थापित गर्न  घिमिरे सफल भएका थिए । तर उनी क्षेत्र नम्बर २ बाट  टिकट नपाएपछि ५ नम्बरमा पुगेका हुन् ।

 तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भएका  घिमिरेको जन्म वि.सं. २०२५ असार २६ गते गुल्मीको बडा गाऊँ हाल मुसिकोट नगरपालिका मा भएको हो ।  घिमिरे परिवार २०४० सालमा रुपन्देहीको सङ्कर नगर ड्राइभर टोलमा बसाइसराइ गरेपछि  शान्ति माविबाट एसएलसी उत्तीर्ण गरेका थिए भने  बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसबाट स्नातक तहको औपचारिक अध्ययन पूरा  गरेका छन् ।
 
वासुदेव राजनीति यात्रामा २०४४ सालबाट जोडिएका हुन् । २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका थिए ।  पार्टीको साबिक सङ्कर नगर गाउँ कमिटी सचिव भएर दुई कार्यकाल पूरा गर्दै  इलाका सचिव , क्षेत्रीय अध्यक्ष बनेका थिए । रुपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल सदस्य भएर काम गर्न गरेका  घिमिरे  पार्टीको प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्थानीय तह विभाग सदस्य रहेका छन् । 
 
विभिन्न सङ्घ–संस्थाहरूको कुशल व्यवस्थापन गरेको अनुभव समेत छ  दुई कार्यकाल तत्कालीन मिसन डेभलपमेन्ट बैङ्कको अध्यक्ष, विभिन्न कलेज तथा विद्यालयहरूको अध्यक्ष  भएका घिमिरेलाई सरकारी कार्यालय तथा विभिन्न आयोजनामा काम गरेको अनुभव समेत छ । पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रूपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक कामहरू भएका गरेका छन् । उनले रुपन्देही क्षेत्र नम्बर ५ मा पनि लुम्बिनीको विकाससँग जोडेर गर्ने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप