समानुपातिक मत परिणाम : एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस
शुक्रबार, ०९ मङ्सिर २०७९, ०६ : १८
समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ८ लाख ९४ हजार ४०९ मत ल्याएको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ५७ हजार ६२१ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३२ हजार ५७५ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख २ हजार ४९९ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३३ हजार ३७५ मत रहेको छ भने जसपा नेपालको १ लाख १२ हजार ६७९ रहेको छ । जनमत पार्टीले ६७ हजार ६१४ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६२ हजार ५४७ मत रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ७०४ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर