समानुपातिक मत परिणाम : एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस
शुक्रबार, ०९ मङ्सिर २०७९, ०६ : १८
समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ८ लाख ९४ हजार ४०९ मत ल्याएको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ५७ हजार ६२१ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३२ हजार ५७५ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख २ हजार ४९९ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३३ हजार ३७५ मत रहेको छ भने जसपा नेपालको १ लाख १२ हजार ६७९ रहेको छ । जनमत पार्टीले ६७ हजार ६१४ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६२ हजार ५४७ मत रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ७०४ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण