बारा ३ मा एमाले उम्मेदवार साह निर्वाचित
बारा निर्वाचन क्षेत्र नं ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी साह निर्वाचित भएकी छिन् । साहले २० हजार २५१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार साहले यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन् ।
बाराको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा साह निर्वाचित हुने पहिलो महिला हुन् । २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट बारा ३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएकी साहले बहालवाला प्रदेशसभा सदस्य पद रहँदैमा एमाले पार्टी प्रवेश गरेकी थिइन् ।
आसन्न निर्वाचनमा मधेशप्रदेशका ८ जिल्लामा एमाले जसपा उम्मेदवारबीच गठबन्धन हुदाँ बारा ३ मा भने एमाले उम्मेदवार साह र जसपा उम्मेदवार यादवबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । जसपा उम्मेदवार यादव बारा ३ को बहालवाला संघीय सांसद र जसपा मधेशप्रदेश अध्यक्ष समेत हुन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंहले भने ११ हजार ९६४ मत प्राप्त गरेका छन् ।
बारा निर्वाचन क्षेत्र नं ३ मा १ लाख ३ हजार १४८ मतदाता रहेका छन् । सो क्षेत्रमा ६६ हजार ९६६ मत खसेकोमा ३ हजार ३५१ मत बदर भएको निर्वाचन कार्यलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण