शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रथुम (१) मा एमालेका किशोरचन्द्र दुलाल विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, ०८ : २२
शुक्रबार, ०९ मङ्सिर २०७९

तेह्रथुमको प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गरे।

मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्वन्द्वी सुब्बालाई पछि पारे । प्रदेशसभा (१) अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् । 

यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप