कैलाली–५ (२)मा कांग्रेसका देउवा विजयी
कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गरे। विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुन् ।
प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ । क्षेत्र नं ५ को प्रदेशसभा (१) मा भने मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका नेपालु चौधरीले सात हजार चार सय २३ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का रमेश धामीले सात हजार दुई सय ३४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरीले चार हजार दुई सय ४९ मत पाए ।
आज बिहानसम्म क्षेत्र नं ५ को प्रदेशसभा (१) मा २७ हजार चार सय मतगणना भइसकेको छ । निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै छ । बिहानसम्म जम्मा ५५ हजार आठ सय ५३ मतगणना भइसक्दा पन्तले १८ हजार पाँच सय २९ मत पाएका छन् । एमालेका नारदमुनी राना थारूले १७ हजार छ सय सात मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा सात हजार छ सय ६३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यो क्षेत्रमा अब झण्डै पाँच हजार मत गन्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण