मोरङ ४(२) बाट कांग्रेसका भीम पराजुली निर्वाचित
मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत पाए ।
१ हजार ७८८ मतान्तरले पराजुलीले जित निकालेका हुन । यो जितसँगै पराजुलीले प्रदेशसभामा संसदको ढोका खोल्न सफल भएका छन् । पराजुली विराटनगर महानगरपालिका पूर्व मेयर पनि हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकाललाई हराउँदै विराटनगर महानगरपालिको मेयरमा निर्वाचित भएका थिए । त्यस बेला उनले एमाले नेता ढकाललाई ५ हजार ५१० बढी मत प्राप्त गरे मेयर भएका थिए । त्यसबेला पराजुलीले २३ हजार ३१ मत प्राप्त गरे भने ढकालले १७ हजार ३२१ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण