पाल्पा २ मा ठाकुर गैरे जीत नजिक
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत पाल्पाको क्षेत्र नंं. २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले फराकिलो मतान्तर कायम गरेका छन् ।
उनले २५ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २१ हजार ४ सय ८४ मत प्राप्त गरेर दोस्रा स्थानमा छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।
यसैबीच पाल्पाको क्षेत्र नं. १ मा पनि एमालेका उम्मेदवार नारायण आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म आचार्यले २१ हजार ९ सय ४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पनि एमालेका आचार्यले फाराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । यस क्षेत्रमा ६४ हजार ४९१ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण