शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभा (१) मा माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित

शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ३०
शुक्रबार, ०९ मङ्सिर २०७९

सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन्  । उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए ।  कार्की ३४ मतान्तरले विजयी भए । 

त्यस्तै नेकपा एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (२) को मतगणना जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप