शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी उक्लियो तेस्रो स्थानमा

शनिबार, १० मङ्सिर २०७९, १२ : ५७
शनिबार, १० मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । मतगणनाको प्रारम्भदेखि नै तेस्रो स्थानमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले समानुपातिकतर्फ चौथो स्थानमा पुगेको छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा एमाले १८ लाख ९६ हजार ७३१ मतसहित शीर्ष स्थानमा रहँदा नेपाली कांग्रेस १८ लाख २९ हजार ७९१ मतसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख एक हजार ५२४ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३२० मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख १० हजार ६८० मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप