यस्तो छ विश्वकै अग्लो आवासीय भवन
दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको छ । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।
युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् । दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।
४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको रेकर्ड कायम भएको म्यानहटनको ५७औं स्ट्रिटमा रहेको सेन्ट्रल पार्क टावरमा ९८ तला छन् । भवन दुबईको बिजनेस बेको मुटुमा हुनेछ । भवनको माथिल्लो भागमा स्पाइरहरू हुनेछ । भवनभित्र चालक र निजी शेफ हुनेछ । त्यस्तै, स्वीमिङ पुल र लाउन्ज क्षेत्रको सुविधासहितको विशेष निजी क्लब पनि रहनेछ ।
‘माथिल्लो तलामा निकै विलासी र विशेष पेन्टहाउसहरू निर्माण गरिनेछ । भवन सञ्चालनको मिति भने घोषणा हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण