माओवादीले सबै मत परिणाम आएपछि मात्रै निर्वाचनको समीक्षा गर्ने
बुधबार, १४ मङ्सिर २०७९, ११ : १५
नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि बैठक बसेर समीक्षा गर्ने भएको छ । अहिले दुवै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने भएको हो ।
‘अहिले प्रत्यक्ष र समानुपातिकको मत आइरहेको छ । यो बीचमा बैठक बस्ने कुरापनि भएन’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘अब सबैको मत परिणाम आएपछि पार्टी पदाधिकारी बैठक बसेर समीक्षा गर्ने तयारी गरेका छौँ ।’
निर्वाचनमा जति मत आउनुपर्ने हो त्यति नआएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ । कतिपय नेताहरूले अब सरकारमा नगएर पार्टी निर्माणमा जुट्नुपर्ने मत राख्ने गरेका छन् । आफै नेतृत्व गरेर जाने अवस्थामा बाहेक प्रतिपक्षमै बस्नुपर्ने मत बलियो हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण